युट्युव’को ९ बर्षे इतिहास


सारा बिश्व जगतलाई एकीकृत पार्न महत्वपुर्ण भूमिका खेलीरहेका छन् विभिन्न आधुनिक सामाजिक संजालहरु | इन्टरनेट मार्फत बिश्वका जुनसुकै खबर प्राप्त गर्न सकिने सामाजिक संजालमध्येको एक भिडियो साइट ‘युट्युव’ले आफ्नो स्थापनाको 9 वर्ष पुरा गरेको छ |‘युट्युव’का सहसंस्थापक ज्वाड करिमले ‘सान डियागो चिडियाखाना’मा खिचिएको भिडियो सन् 2005 अप्रिल 23तारिखमा युट्युवमा पहिलो पटक पोष्ट गरेसंगै बिश्वप्रसिद्ध भिडियो साइट युट्युव आधीकारीक रुपमा सुरु भएको थियो |उक्त भिडियो सामान्य भएतापनि निकै लोकप्रिय रहेको छ | अहिलेसम्म यो भिडियो करिव डेढ करोडले हेरिसकेका छन भने झण्डै 95 हजार प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।सन् 2005 मा स्थापना भएको युट्युवले सुरुका दिनमा त्यति लोकप्रियता पाएको थिएन् । सन् 2006 नोभेम्बरमा गुगलले युट्युवको स्वामित्व1 अर्ब 65 करोड डलरमा किनेपछि यसले संसारभरि चर्चामात्र पाएन, प्रयोगकर्ता पनि ह्वात्तै बढे । फ्रान्सको ‘डेलिमोसन’ लगायतका साइट युट्युवको पछि पछि आएको भएपनि ‘ट्वीटर’को स्वामित्वमा रहेको र गत बर्षमात्र सुरु भएको भाइनले भने निकै टक्कर दिइरहेको छ । अहिले युट्युवका मासिक 1 अर्ब प्रयोगकर्ता छन् जसले मासिक 6 अर्ब घण्टाभन्दा बढि भिडियो हेर्छन् । अहिले युट्युवमा हरेक मिनेट 1 सय घण्टाभन्दा बढि समयका भिडियो अपलोड हुन्छन् ।यो 9 बर्षमा युट्युवले आफुलाई प्राबिधिक पक्षमा पनि निकै सुधार गरिरहेको छ । अहिले युट्युवमा एचडी क्वालिटीको थ्रीडी भिडियोहरु हेर्न पाइन्छ । सुरुमा डेस्कटपका लागि बनाइएको युट्युव सन् 2007 देखि मोबाइलमा पनि फोकस हुन थालेको थियो । हाल करिव 40 प्रतिशत प्रयोगकर्ता मोबाइलमा छन् |




Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद