Posts

Showing posts from 2014

मौसम परिवर्तनमाथि १८ औं मन्त्री स्तरीय बेसिक सम्मेलनमा केन्द्रिय पर्यावरण राज्यमन्त्री प्रकाश जावडेकरको स्वागत सम्बोधन

    कलकत्ता, ८ अगस्त। बेसिकका सहयात्रीहरूलाई यहाँ स्वागत जनाउन पाउँदा म अति नै हर्षित छु। सौभाग्यवश यहाँ बेसिकका चारैजना मन्त्री सँगै उपस्थित छौं, जसको निम्ति म आभार प्रकट गर्न चाहन्छु।  हामी मौसम परिवर्तनको समस्यालाई सम्बोधित गदर्ने पहल अन्तर्गत अति नै महत्त्वपूर्ण चरणमा पुगेका छौं। विज्ञानले जहाँ एकातिर हामीलाई अरू धेरै कार्य गर्न उत्साहित गरिरहेको छ भने अर्कोतिर, राष्ट्रहरूको प्रतिक्रिया भने पर्याप्त नरहेको महसुस गरिरहेका छौं। हामीले कार्यलाई प्रेरणादायक बनाउनुपर्नेछ। यस दिशामा प्रथम पहलको रूपमा विकसित राष्ट्रहरूद्वारा अरू व्यापक कार्य गर्नुपर्नेछ।  १. भारतमा लोकतान्त्रिक पारगमन हालै मात्र सम्पन्न भएको छ। विश्‍वको सबैभन्दा बृहत् लोकतन्त्र भएका नाताले हामी मौसम परिवर्तनलाई सम्बोधित गर्न सक्रिय भूमिका निर्वाह गर्नेछौं। हामी दिगो विकास अनि किफायती उपयोगका साथै ऊर्जासहित सबै संसाधनको विकासप्रति कृतसङ्कल्प छौं।  २. वित्तीय वर्ष २०१४-१५ को निम्ति हाम्रो केन्द्रिय बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा केही महत्त्वपूर्ण  पहल गरिएका छन्, जस्तै ः - स्वच्छ ऊर्जाको निम्ति र

युवा र भविष्य

देशको विकासमा युवावर्गको महत्वपूर्ण योगदान हुन्छ अथवा देशको भविष्य कस्तो हुन्छ त्यो आजका युवाको भविष्य कुन दिशामा अघि बढदैछ त्यसले पनि सुनिश्‍चित गर्दछ।यसै त जमाना प्रतिस्पर्धाको हो, बालबालिकालाई सबै क्षेत्रमा दक्ष बनाउनुपर्छ भन्ने चलन पनि छ। बालबालिकाका अभिभावक कति पारम्पारिक शिक्षामा जोर दिन्छन भने कतिले युगसापेक्ष शिक्षा दिनुपर्छ भनेर जोड दिन्छन।यसमा विद्यार्थीको चासो होस या नहोस उसले जीवन धान्नका निम्ति समाज वा अभिभावकको रूचिलाई पनि स्वीकार्नु पर्छ।असल र दक्ष युवावर्गलाई घर वा स्कूलदेखि  मार्गदर्शन गराउने परम्परा त पुरानो हो।यहाँ महत्वपूर्ण विषय के छ भने सिक्किममा युवाहरू को निम्ति अभिभावकका रूपमा सरकारले काम गर्दै आएको छ। यो यसकारणले पनि महत्वपूर्ण छ,देशका अन्य राज्यमा जति काम युवाहरूको निम्ति हुन्छ त्यो भन्दा कयौ गुणा अधिक काम सिक्किममा    युवाहरूको निम्ति भइरहेको कुरालाई धेरै राजनितिज्ञ र समाजविद्हरूले स्वीकार गरेका छन। पहिला असल शिक्षा दिएर युवाहरूलाई असल नागरिक बनाउने काम भयो। हुन त यो परम्परा सर्वव्यापी नै हो। तर सिक्किम सरकारले एक पाइला अघि बढेर सिक्किमका युवालाई दक्ष

ठूलो अलैंची सङ्कटमा

जलवायु परिवर्तनको प्रभाव, अनुसन्धानका निम्ति आवश्यक स्थानको अभाव, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको अभाव, गुणस्तरी अलैंचीको विरूवा उपलब्धताको अभाव, सम्बन्धित विभागमा तालमेलको अभाव बाहेक अन्य धेरै लुकेका समस्याहरूका कारण ठूलो अलैंची अहिले सङ्कटमा छ। सिक्किमको कृषि राष्ट्रियस्तरमा चर्चामा छ। जैविक अभियानको सफलताको कुरा देशको संसदमा गुञ्जिएको छ। सिक्किमका कृषकहरू उत्साहित छन्। देशका विभिन्न स्थानबाट सिक्किमको कृषि विषयमा अध्ययन गर्ने चासो लिएर भ्रमणमा आउने कुरा पनि सुनिँदैछ। तर दुःखको कुरा के छ भने, प्रमुख नगदे बालीका रूपमा परिचित सिक्किमको ठूलो अलैंची सङ्कटमुक्त हुन सकेको छैन भन्ने कुरा गम्भीर विषय बन्नपुगेको छ। भारत सरकारको अलैंची अनुसन्धान संस्थानको स्पाइसेस बोर्डले अलैंचीलाई उच्च प्राथमिकता दिएर अनुसन्धानको निम्ति काम गरिरहेको छ तर यस संस्थानका पनि धेरै समस्याहरू छन्। यसलाई अन्य हितधारकहरूको तालमेलको आवश्यक देखिएको छ। अलैंची स्वभावले शीतल वा छाया मनपराउने बाली हो। सिक्किममा केही वर्ष अघिसम्म हिउँद लागेपछि पनि तीन चारपल्ट वर्षा हुने गरेको थियो तर जलवायु परिवर्तनको कारण हिउँदम

अपराध नियन्त्रण गर्न आवश्यक

सिक्किम देशको सबैभन्दा शान्तीपूर्ण राज्यको रूपमा स्थापित छ। विगत केही दशकदेखिनै सिक्किममा शान्ति कायम रहेको कारण अन्तरराष्ट्रिय सीमा राज्यमा पनि शान्ति कायम हुनसक्छ भने कुरालाई सिक्किमले प्रमाणित गरेको छ। तर यो शान्तिलाई निरन्तर दिन सकिन्छ भन्ने कुरा अहिले केही घटनाहरूले प्रश्‍न उठाएको छ। विशेष राज्यमा व्यापक रूपमा सामाजिक अपराधका घटनाहरू बढ्दै जानु एउटा चिन्ताको विषय बनेको छ। सडक किनारमा राखेका वाहन बिहान उठेर हेर्दा नहुनु, धेरै सङ्ख्यामा मोटर वाइक र वाहनहरू हराउनु, वाहन राखेको ठाउँमा तोडफोड गर्नु वा आगो सलकाउनु, मादक पदार्थको अवैध कारोबार निरन्तर बढ्दै जानु, चोरीका घटनाहरू बढ्नु जस्ता कुराले सिक्किमको सामाजिक जनजीवनमा अशान्ति सृजना गर्नसक्छ भन्ने कुरा नकार्न सकिँदैन। हालैमा सिक्किममा वाहन चोरीको घटना बढ्दै गएको कुरा प्रकाशमा आएको छ। विशेष पार्किङको अभावमा सडक किनारमा राखिएको वाहनलाई कुनै पनि समयमा चोरले उठाउने आशंका बढेको छ। राज्यमा बाहिरबाट कामको खोजीमा सिक्किम आउनेले कतिपय स्थानीयलाई समेत संलग्न गराएर छोटो समयमा नै धेरै धन कमाउने लालचमा पनि अपराधका घटनालाई परिणाम दिइरहेको कुर

अब गुड्नेछ पिसाबबाट कार

Image
पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् । दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिए

भारतीय विज्ञान संस्थान, बंगलुरूमा उत्कृष्टता केन्द्रको उद्घाटन

  केन्द्रीय सूक्ष्म, लघु एंव मध्यम उद्यम (एमएसएमई) मन्त्री कलराज मिश्रले 17 जूनको दिन बंगलुरू स्थित भारतीय विज्ञान संस्थान (आईआईएस) को उत्कृष्टता केन्द्रको उद्घाटन गरे। आईआईएस आफ्नो अनुसंधानकर्ताहरू, बुद्धिजीवीहरू र प्राध्यापकहरूको ज्ञान भण्डारबाट यस केन्द्रको माध्यमबाट एमएसएमई क्षेत्रमा नवरचना, प्रतिस्पर्धा र विकासमा योगदान गर्नेछ।यो केन्द्र उद्योगहरूको स्वदेशीकरण र मूल्य इंजीनियरिंगको लागि प्रक्रिया र उत्पाद डिजाइन तथा विकासको लागि एक मञ्चको रूपमा कार्य गर्नेछ। यो धारणा विस्तृत विचार- विमर्शपछि तयार गरिएको थियो औ यस कार्यको लागि आईआईएसमा आठ विभागहरूलाई चिन्हित गरिएको थियो।मिश्रले यस पहिलो कदमको लागि , जसमा सरकार र शिक्षाविद् उत्कृष्टतालाई  यस केन्द्रको माध्यमले  सेवा उपलब्ध गराउनेछ,।उनले यो उद्योग क्षेत्र मुख्यरूपमा एमएसएमईलाई अझ अधिक ऊचाईमा लानेछ भने। 

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भुटानको संयुक्त सत्रलाई सम्बोधन

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भोटानको थिम्पुमा भोटानी संसदको दुवै सत्रलाई सम्बोधन गरे।आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भोटानमा विगत शताब्दीमा या यता वैश्‍विक प्रविृत्तिलाई व्यापकरूपमा विस्तार गर्दै तथा शक्तिलाई केन्द्रियकरण गरेको बताए। उनले लोकतन्त्रको वलियो आधार तयार गरेर भोटानले संवैधानिक लोकतन्त्रको स्थापना गर्ने परिवर्तन ल्याएको बताए।  प्रधानमन्त्रीले भने, देशको लोकतान्त्रिक इतिहासमा 7 वर्ष थोरै समय हो।तर यस छोटो समयमा भोटानका नागरिकले लोकतन्त्रको संस्थानमा विश्‍वास विकसित गरेका छन।सरकारमा पनि परिवर्तन भएको छ।यसले जनतामा जागरूकता र परिपक्वता आएको प्रमाणित गर्दछ।श्री मोदीले भने,भारतमा हालै चुनाउ सम्पन्न भयो अनि यस चुनाउमा भारतका जनताले असल प्रसाशन र विकासका निम्ति भोट गरे। भोटान राष्ट्रिय एसेम्बलीका अध्यक्षको स्वागत सम्बोधनमा शक्तिशाली भारत भोटानका लागि राम्रो भनेको कुरालाई प्रधानमन्त्री मोदीले स्वागत जनाए। उनले अझ भने यदि भारत सम्मृद्ध भए सम्पुर्ण क्षेत्र विशेषगरी सार्क देशहरूको  निम्ति नै राम्रो हुन्छ।शक्तिशाली र सम्मृद्ध भारतले मात्र छिमेकी राष्ट्रहरूको समस्यालाई समाधा

फ्रान्सीसी उपग्रह छोड़ने तयरीमा जुट्यो इसरो

चेन्नई। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) 26 जूनकोको दिन श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट फ्रान्सी दूर भेदी उपग्रह स्पट-7  प्रक्षेपिण गर्ने योजनामा छ।यसलाई पीएसएलवी-सी 23 रकेटबाट छोड़ीनेछ। यसै दिन थप चार उपग्रह छोड़ीने योजना छ।इसरोका अधिकारीहरूअनुसार इसरोले पीएसएलवी-सी 23 मार्फत स्पट-7 लाई प्रक्षेपणका लागि 26 जूनको बिहान नौ बजेर 50 मिनटको समय निर्धारित गरिएको छ। यसका लागि  52 घण्टाको उल्टो गन्तीको योजना बनाएको छ जो 24 जून को बिहान छ बजे शुरू भएको छ।अधिकारीअनुसार स्पट-सात इण्डियन रिमोट सेटेलाइट सिस्टम जस्तै छ यो पृथ्वीको अवलोकन गर्ने उपग्रह हो।

अमेरिकामा भारतीय वैज्ञानिक पञ्चनाथनको महत्वपूर्ण पदमा नियुक्ति

नयाँ दिल्ली, 14 जून। अमेरिकाको राष्ट्रपति बराक ओबामाले प्रतिष्ठित भारतीय-अमेरिकी वैज्ञानिकलाई आफ्नो प्रशासनमा महत्वपूर्ण वैज्ञानिक पदमा नियुक्त गरेको छ। व्हाइट हाउसले आफ्नो ताजा बयानमा भन्यो सेतुरमण पंचनाथन आईआईटीका छात्र रहेका छन्। उनलाई नेशनल साइन्स ङ्गाउंडेशनको प्रतिष्ठित नेशनल साइन्स बोर्डका सदस्यको रूपमा नियुक्त गरिएको छ। वर्ष 1981 मा विवेकानन्द कलेज (मद्रास मिश्‍वविद्यालय) बाट भौतिकीमा स्नातक पंचनाथनले वर्ष 1986 मा चेन्नईमा इन्टरनेशनल सफ्टवेयर इन्डिया लिमिटेडको लागि डेटा कम्युनिकेशन इञ्जीनियरको रूपमा काम गरेका थिए। पञ्चनाथनले वर्ष 1984 मा आईआईएससी बङ्गलोरबाट इलेक्ट्रोनिक्स र कम्युनिकेशन इंजीनियरिंगमा स्नातकको डिग्री प्राप्त गरे। यसबाहेक उनले आइआइटीबाट एमटेकको उपाधि लिए औ ङ्गेरि ओटावा, कनाडाबाट उनले पीएचडी (डाक्टरेट) को डिग्री हासिल गरे। अरिजोना स्टेट यूनिवर्सिटीमा वर्ष 1998 देखि नै उनी धेरै विभिन्न पदहरूमा रहे। यसबाहेक उनी त्यहाँ वर्ष 2009 देखि कम्प्युटिङ एन्ड इन्ङ्गमर्रेटिक्समा प्रोङ्गेसर पनि रहेका छन्। उनले धेरै महत्वपूर्ण पत्रिकाहरूमा 400  भन्दा अधिक लेखको प्रकाशन गरे

सक्किम क्रमशः धेेरै विषयमा फस्ट हुनेछ

सिक्किम राज्यले प्रगति गरेको कुरा अहिले राष्ट्रियस्तरमा चर्चा नै चर्चाको विषय भएको छ। केही दिन अघि देशको कृषि र ग्रामिण विकास विषय लिएर सिक्किमको चर्चा धेरै भयो। सिक्किमले यी विषयमा धेेरैै अघि नै प्रोत्साहन पाउनु पर्ने थियो तर पाएन तर जे होस ढिलो भए पनि सिक्किमले गरेको प्रयासलाई राष्ट्रियस्तरमा मान्यता प्राप्त भएको छ अनि यसले अवश्य नै सिक्किमका जनताको शीर उच्च भएको छ। महत्पूर्ण  कुरा के छ भने सिक्किमले कृषि क्षेत्रमा मात्र होइन अन्य धेरै क्षेत्रमा देशका निम्ति उदाहरणीय कार्य गरेको छ।  सिक्किमका राज्यपाल श्रीनिवास पाटिलले ग्रामिण विकासको क्षेत्रमा पनि सिक्किम फस्ट वा डिस्टिङसन हुने कुरा मुख्यमन्त्री पवन चामलिङलाई हालै बधाई दिने क्रममा बताइसकेका छन्। विचारयोग्य विषय के छ भने एसडीएफ सरकारले गाउँलाई उच्च प्राथमिकता दिएर विकास गतिविधि सञ्चालन गरेको परिणाम स्वरूप यसपल्ट सम्पन्न चुनाउमा ग्रामिण क्षेत्रका जनताले एसडीएफ सरकारलाई पूर्ण समर्थन जनाएर पुनः सरकारमा ल्याएका हुन्। पञ्चायतलाई शक्ति हस्तान्तरण गर्नु, ग्राम विकास केन्द्र स्थापना गर्नु, गरीबलाई पक्का घरमा बसाउनेदेखि लिएर स्वनिर्भर ब

तादोङ कलेजका डा. चक्रवर्तीले लन्दनमा व्याख्यान दिने

गान्तोक, 14 जून। सिक्किम सरकारी महाविद्यालयका रसायन विभागका विभागीय प्रमुख एवं सह प्राध्यापक डा. भाष्कर चक्रवर्तीलाई लन्दनमा 24 जूनदेखि शुरु हुने 15औं टेटराहेड्रोन सिम्पोजियममा कार्य पत्र प्रस्तुत गर्न निमन्त्रणमा आएको छ। स्मरण रहोस्, यूके लन्दनको मिलिनियम ग्लुसेस्टर केनसिङटोनमा 24 देखि 27 जूनसम्म सम्पन्न हुने यो कार्यक्रम अर्गेनिक क्यामेस्ट्रीको चर्चित अन्तरराष्ट्रिय सम्मेलन हो। उल्लेखनीय छ,विश्‍वको चर्चित अर्गेनिक क्यामेस्ट्री जर्नल टेट्राहेड्रोन लेटर्समा प्रकाशित चक्रवर्तीको उत्कृष्ट अनुसन्धान कार्यलाई आधार बनाएर यस संगोष्ठीका निम्ति निमन्त्रणा आएको छ। स्मरण रहोस्, डा. भाष्कर चक्रवर्तीको यस लेखलाई एउटा शैक्षिक वर्षभित्र मात्र कुल 314 प्रशंसा प्राप्त भएको छ। विश्‍वका धेरै नामी वैज्ञानिकहरूले चक्रवर्तीको यस अनुसन्धान कार्यको प्रशंसा गरेका छन्। जानकारीअनुसार यस अन्तरराष्ट्रिय सिम्पोजियममा विश्‍वका नामी वैज्ञानिक र अर्गेनिक केमेस्ट्रीमा नोबेल पुरस्कार विजेता 22 वैज्ञानिकहरूले आफ्नो व्याख्यान प्रस्तुत गर्ने छन्। भारतबाट प्रतिनिधित्व गर्ने 17 जना वैज्ञानिकहरूमध्ये डा. भाष्कर चक्रवर

इसरोले दोस्रोपल्ट ठीक गर्यो मंगल यानको मार्ग

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले दोस्रोपल्ट मङगल यानको मार्गलाई ठीक गरेर त्यसलाई सही बैटोमा पुर्याएको छ। साधारण रूपमा यो अभ्यास धेरै  मुश्किल हुन्छ। यस प्रकारको अभ्यासमा अन्य एजेन्सीले आफ्नो धेरै मङगल मिशनमा असफलताको सामना गर्नु परेको छ।मार्ग ठीक गर्नु अर्थात टेजेक्ट्री करेक्शन मेनूवर (टीसीएम-2) लाई 11 जूनको साझ साढ़ेचार बजे परिणाम दिइयो। यसका लागिमङगल यानको 22 'न्यूटन' प्रक्षेपलाई 16 सेकेंडका लागि ताकिएको थियो।इसरोको बयानमा भनिएको छ, यस समय अन्तरिक्षयान र पृथ्वीको रेडियो दूरी 10.2 करोड़ किलोमीटर छ।अब पृथ्वीदेखि अन्तरिक्षयानसम्म  रेडियो सिगनल पुग्नलाई 340 सेकेंड लाग्छ।  इसरोले पहिला अप्रैलमा निर्धारित टीसीएम जरूरी छैन भनेर घोषणा गरेको थियो  र यसलाई जून महिनाका लागि  स्थगित गरेको थियो।  अन्तरिक्षयानले अहिले सम्म 46.6 करोड़ किलोमीटरको यात्रा गरिसकेको छ यसको कुल यात्रा 68 करोड़ किलोमीटर को छ। इसरोको  भनाईमा उसले इण्डियन डीप स्पेस नेटवर्क (आइडीएसएन) को माध्यमले मङगल यानलाई लगातार निगरानी  गरिरहेकोछ। यस अन्तरिक्षयानमा भएको पाँच वैज्ञानिक उपकरणले राम्रोसित काम गरि रहेको छ

महत्वपुर्ण उपलब्धिः भारत वाशिङटन एकर्डको स्थायी हस्ताक्षरकर्ता बन्यो

हस्ताक्षरले तकनिकी र अभियान्तिकी स्नातकहरूलाई वैश्‍विक स्तरमा रोजगारको अवसर बढनेछःमानव संससाधन मन्त्री नयाँ दिल्ली,13 जून। तकनिकी शिक्षा र अभियान्तिकी कार्यक्रमा भारतलाई आज महत्वपुर्ण सफलला हात लागेको छ। 13 जूनको बिहान न्यूजील्यान्डको वेलिङटोनमा  वाशिङटन एकर्ड (डब्ल्यूए)-सदस्यहरूको अन्तरराष्ट्रिय सभा सम्पन्न भयो।यस सभामा भारत ले 17 स्थायी देशहरूको चयनित समुहमा प्रवेश गरेको छ।भारतलाई आजैदेखि हस्ताक्षर सहमतिको स्तर प्रदान गरिएको छ। यस सफलतापछि केन्द्रिय मानव संसाधन विकास मन्त्री स्मृति जुबीन इरानीले मानव संसाधन विकास विभागका अधिकारीवर्ग र एक्रीडेशनका लागि राष्ट्रिय बोर्डका अधिकारीहरूलार्ई बधाई दिदै, यसले हाम्रो तकनिकी र अभियान्तिकी कार्यक्रमा उच्च गुणवत्ता क्रियान्वयन गर्ने विषयलाई सुनिश्‍चितता गर्दै अभियान्तिकी स्नातकलाई वैश्‍विक गतिशिलता प्रदान गर्नेछ। उनले अझ भनिन्,स्नातक डिग्री हुनेलाई मान्यता प्राप्त भएपछि त्यो हस्ताक्षर रीष्ट्रहरूको समतुल्यमा हुनेछ आनि यसले गर्दा हाम्रा स्नातक विधार्थीका निम्ति विश्‍वभरि नै रोजगारको अवसरहरू बढेर जानेछ।स्मरण रहोस, वाशिङटन एकर्ड विश्‍वका

जल संरक्षणका निम्ति बाँधलाई उच्च प्राथामिकता दिइनेछ: नितिन गडकरी

जल संरक्षणका निम्ति बाँधलाई उच्च प्राथामिकता दिइनेछ: नितिन गडकरी नयाँ दिल्ली,13 जून।   केन्द्रिय सडक परिवहन एवं राजमार्ग तथा शिपिङ मन्त्री नितिन गडकरीले जल संरक्षणलाई सरकारले उच्च प्रथामिकता दिने बताउदै, यसका निम्ति दैश भरि नै चेक डाम (बाँध बाँध्ने) र जल संरक्षण गर्ने बताएका छन।नदी उत्थान विषय दुइ दिवसीय राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै केन्द्रिय मन्त्रीले भने, संरक्षण गरेको पानीलाई कृषिमा प्रयोग गर्दा यसले तीन गुणा अधिक खेती बढछ,अनि यसले देशका 50 लाख युवाहरूलाई रोजगार उपलब्ध हुन्छ। यो गरीबी जस्तो संकटसित झुझ्ने माध्यम पनि हुनेछ। ग्रमीण विकास, पञ्चायतीराज एवं पेय जल तथा स्वच्छता मन्त्री समेत रहेका नितिन गडकरीले उजाड तथा बञ्जर भूमिमा ब्यापक तकनिकीको प्रयोग गरेर विशेष साना योजनाहरूको आवश्यतामा जोर दिए।उनले भने,ठूला बाँधमा धेरै पुञ्जी मात्र खर्च हुन्छ अनि धेरै प्रकारका सम्स्या र अडचन पनि आउछन। भूमि अधिग्रहण,विस्थापन र समयमा पुरा गर्नु पर्ने बाध्दता जस्ता समस्या हुने गर्छन। मन्त्रीले भने, जल परियोजनाहरूमा विलम्ब र भ्रष्टचारलाई सहन गरिने छैन। कार्य आदेशका निम्ति ई-टेण्डरिङ हुनेछ

जापानी कम्पनी सफ्टब्याङ्कद्वारा एक इशारामा नै मानशिक भावना बुझ्न सक्ने रोबट निर्माण

जापानका एक अरबपति मसायोशीका छोराले आफ्नो पाङ्ग्रामा भएको cooing humanoid को सहायताले एक इशारा मार्फत मानशिक भावना बुझ्न सक्ने रोबट बनाएका छन् | केही दिन अघि एक कार्यक्रमका माझ उनको मोबाइल फोन कम्पनी सफ्टब्याङ्कले “pepper” नाम दिइएको यो रोबोटलाई आउदो वर्षको फरवरी जापानमा 1 लाख 98 हजार  येनमा बिक्रीको लागि राखिने तर प्रवासी बिक्री योजना दुविधामा रहेको बताएका छन् | आफ्नो लामो समयदेखिको व्यक्तिगत रोबोट व्यापारमा जाने सपना रहेको बताउदै उनले भीड समक्ष “pepper”मा आफ्नो वरिपरि रहेका मानिसहरुको अभिव्यक्ति र आवाजको टनलाई स्वीकार्दै उनीहरुको भावना पढ्न सक्ने प्रोग्राम फिट गरिएको बताए | कुडली रोबोट बन्नु जापानमा कुनै नयाँ कुरा होइनन तर आज सम्म रोबट उत्पादन गर्ने कुनै पनि कम्पनीले बजारमा प्रमुख सफलता पाएको देखा परेको छैन । जापानी इलेक्ट्रनिक्स र मनोरञ्जन कम्पनी सोनी कर्पले 2006  मा आइबो पाल्तु कुकुर रोबट बनाउन छाड्यो | त्यस्तै, एउटा अर्को मोटर कम्पनीले पनि हिंड्न र बोल्न सक्ने असिमो रोबटको उत्पादन गरेको थियो तर घरायसी उपयोगका लागि यो अतिनै महँगो पर्ने गरेको छ।जापानका अन्य प्रतिष्ठित कम्पनील

जैविक अभियानमा लाग्यो राष्ट्रिय मोहर

एकपल्ट सिक्किमलाई जैविक राज्य बनाउने विषय असम्भव छ भन्ने लाग्दथ्यो, राज्यलाई पूर्व जैविक राज्य बनाउने विषयमा एसडीएफ सरकारले धेरै प्रतिक्रियाको सामना पनि गर्नुपर्‍यो। विशेष, राज्यको भारतीय जनता पार्टीका अध्यक्ष (तत्कालीन) हरेराम प्रधानले आफू सिक्किमको कृषि क्षेत्रमा अनुभवी भएको दावी गर्दै एसडीएफ सरकारले राज्यलाई जैविक राज्य बनाउने जुन घोषणा गरेको थियो त्यसको जोडतोडले विरोध गरेका थिए। राजनीतिक स्तरमा जुन विरोध भयो त्यसको भिन्नै स्थान छ भने कृषकहरूले पनि शुरु शुरुमा सरकारले अब रसायनिक मल विशेष गरी युरिया र डीएपी बन्द गरेर, जैविक मल प्रयोग गर्ने निर्देश दिएपछि धेरैले क्षतिको सामना गर्नुपरेको थियो। यहाँसम्म, लगातार रसायनिक मल प्रयोग गर्न बानी बनेका कृषकहरूले रसायनिक मल प्रयोग गर्न नपाउँदा मकैको बोटहरू शिरू जस्तो बनेका थिए। यस्तो स्थितिमा कतिपय कृषकहरूले लुकी-चोरीमा छिमेकी राज्यबाट युरिया र डीएपी ल्याएर प्रयोग गरेका घटनाहरू पनि प्रकाशमा आएका थिए। यी सबै विषयहरू, कुनै महत्वपूर्ण परिवर्तनका निम्ति हुने मिश्रित नकारात्मक विषयहरू मात्र थिए। यसैले अब यी सब विषयहरू राज्य जैविक अभियानका अध्यायह

सकारात्मक- नकारात्मक

बाटो बन्द तिम्रो बिचारले  मेरो बाटो खुल्यो  उसको बाटो बन्ध भयो। जहिल्यै पनि मेरो खिल्ली गरेर  वा-वाही बटुल्न चहानेको  तिम्रो बिचारले हियो डढ्यो, मलाई हर्षले, उसलाई पश्चतापले निद्रा आएन। मलाई नयाँ जोशले सताउँछ, उसलाई ऐठन हुन्छ, मलाई रात लामो हुन्छ  उसलाई के दिन के रात सबै अँध्यारो...। बल्छिमा झुण्डेको मासुको टुक्राले अर्काको मृत्युको भविष्यवाणी गर्दै  माथि देख्ने शिकारी छ भनेर घमण्ड गरे झै मोरो खुट्टा र बगैचाको बुट्टा काट्ने सपना अधुरो हुँदा  सपनामा त्सूनामी  र बिपनामा भुइचालोको त्रास बढाउदैछ।  म हिमाल हाँसेको देख्न चहान्छु  तिम्रो बिचारले  उ हिमाल रोएको हेर्न चहान्छ। किन कि अरूलाई रूवाएर  उ रमाउने गरेको साक्ष जमेको हिउ पगाल्ने र ठाउँ ठाउँमा चर्केको हिम नदी अनि  कालो थोप्ला बसेको हिमशिखरले दिएको छ। यसैले हिमाल हसाउन मलाई  साथ देउ म तिमि र तिम्राहरूको निम्ति जीवन धारा सुरक्षित  राख्ने बचन दिन्छु।

झरि च्याउदेखि डराउनु

Image
यसले सुन्दर रूपमा  विष धारण गरेको हुन्छ क्षणिक सुन्दरतामा  भ्रम बोकेको हुन्छ , उज्यालो भविष्यमा अन्धकार त के मृत्यु नै बोकेको हुन्छ सूर्यको ताप सहन नसक्नेले,  अूरूलाई भलो गर्दैन, किनकी उ आफै काफर हुन्छ किनकी उ फलेको वृक्ष होइन, साँझ गोठमा झुण्डाएको दुध बिहान सेतै  भए पनि ढाडेको झुठो देखिन्न  तर पनि यसलाई अमृत सम्झेर  देवतालाई चढाउने भुल गर्छो। हामी किन भ्रमा पर्छो? हिजोसम्म मेरो खेतमा  रायको साग ठिकै थियो  तर च्याउ फले भनेर  उफ्रि उफ्रि कराउनेले आज  अस्पतालको चक्कर काट्नु पर्दैछ।  भ्रम कै कारण मन त भ्रष्ट थियो थियो  तन पनि भ्रष्ट भयो  यसैले झरि च्याउदेखि डराउनु

शोषक

जुकाले खुन चुस्यो, तर उसले वदलामा,  मानिसलाई  ऐन्टिबाइटिक दियो।  मच्छडले खुन खायो  बदलामा डेनग्यू र मलेरिया नै दियो, तर शोषकले, थाहै नपाई महापुरूषहरूको  सङघर्षलाई खायो।  बदलामा संसारलाई दिएन केही, तर पनि सङघर्ष जारी छ। भोकमारी,गरीबी र शोषणको अन्त्य ऩभए पनि  कम्बर कसेर आउदैछन,  शोषक को अन्त्य गर्न।

राम्रो सङकेत

राम्रो सङकेत  यस पल्ट प्रधान मन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको केन्द्र सरकारले राज्य र राज्यका सांसदहरूले ल्याएको मागलाई मन्त्रालयमा उच्च प्राथामिकता दिने निर्देश  केन्द्रिय मन्त्रीहरूलाई दिइएकोछ।प्रधान नरेन्द्र मोदीले प्रधान मन्त्री पदको शपथ ग्रहण गरेको लगत्तैपछि केन्द्रिय मन्त्रीहरूलाई यो निर्देश दिएका छन।अर्को महत्वपुर्ण कुरा के छ भने प्रधान मन्त्री मोदीले  ेधेरै अघिदेखि हिमालय क्षेत्रका निम्ति छुट्टै नीतिबनाउने कुरा गर्दै आएका छन।यसलाई सिक्किम जस्तो हिमाली राज्यको निम्ति धेरै लाभ प्राप्त हुने सङकेत मान्न सकिन्छ। प्रधान मन्त्रीको सकारात्मक सङकेतपछि सिक्किम राज्यका  सांसदहरू अहिले नयाँ दिल्लीमा केेन्द्रिय मन्त्रीहरूसित भेट गर्ने र सिक्किमको थातिमा रहेका मुद्धाबारे मन्त्रीहरूलाई बुझाउने  प्रयास गरिरहेका छन।अहिलेसम्म केन्द्रिय गृह राज्य मन्त्री किरण रिजुजी र पुर्वोत्तर क्षेत्र विकास मन्त्री भी के सिंहसित शिष्टचार भेट गरेर सिक्किमको पुुराना मागबारेमा मुखस्त बनाउने प्रयास भइसकेको छ ।  स्मरण गराइन्छ, यसअघि पुर्व प्रधान मन्त्री अटल बिहारी बाजपेयीको नेतृत्वमा रहेको राष्ट्रिय

आमाले भनेको

Image
  बिहान घाम झुल्केदेखि ऩअस्ताएसम्म   मकै गोडेर घर फर्किए पनि  बुहारीले मकैको पिठो र भुसको रोटी खानु पर्थयो, तर  श्रीमान पनि त्यति निष्ठुरी थिएनन आफ्नो भान्साबाट केही भाग  श्रीतिका निम्ति छोडेर राख्थे खटन गर्ने र रोक्ने-टोक्ने अरू नै हुन्थे, समय बदलिन्दै गयो  पेन्दिम अङमोको विद्रोह नबुझेको जस्तो गर्ने  समाज बिस्तारै   गणतान्त्रिक देशको अभिन्न अङग बन्न पुग्यो देशले प्रधान मन्त्री, राष्ट्रपति,  सदनमा अध्यक्ष गर्ने नेतृ पायो बिचारले कोल्टे फेर्दै गयो,  पुनह बुहारीलाई घरको ळक्ष्मी सम्झन थाल्यो।

डगी र फ्याउरोको कथा

================== तल्लो घरे पाजीको फ्याउरो कुकुर बिमार भयो  पाजीले त्यसलाई बाँसको चुङगे बनाएर  पदिना पिसेर पानी फिटेर पिलायो  तर फ्याउरो कुकुर जाति भएन, धतुरोको धुवा लगायो  कुकुर जाति भएन अन्ततह, कुकुरको बिमार बडदै गयो, बिरामी कुकुरको राल सिगान देखेर  छिमेकीले त्यसलाई दोबाटोमा लगेर भोकै बाँध्ने सल्ला दिए  कसैले झुण्डाएर मार्नुपर्छ समेत भने। बिचरा पाजी कुकुरलाई आफ्नै परिवारको सदस्य माने पनि  उसलाई बचाउन जानेन, कुकुर मर्यो, पाजीको छोराले एक दिनसम्म रोएर भात खाएन। केहीदिन पछि माथ्लो घरे काजीको डगीलाई त्यस्तै बिमार लाग्यो काजीले फोन गरेर  डगीको उपचार गर्न डाख्टर घरमा नै बोलाए ज्वरो खोकी बड्छ भनेर  डगीलाई अस्पताल लान एमबुलेन्स पनि बोलाए  एमबुलेन्समा सलाईन चडाएर डगी अस्पताल गयो  केही दिनपछि अस्पतालबाट फर्किएर आउदा डगीले डगीनी साथी लिएर रमाउदै घर फर्कियो  यो सब देखेर  पाजीको आँखाबाट तप्प आँसू झर्यो  तर कसैलाई पनि केही पनि भनेन। ----------------------------------------------------- ( साथी हो, तपाईको घर छिमेकमा कसैको गाई, भैसी, कुकुर वा घरेलू पशु बिमार छ भने पशुको अस्पताल छ। त्याँ पशुका धेरै

मकै पाकेछ

आहा मकै पाकेछ, अब त आमाले जातो पिसेर फ्यापलो पकाउन दुख गर्नु पर्दैन मिक्सि छँदैछ आमाले धुवाँ पनि सहनु पर्दैन  एलपीजी छँदैछ आहा अब किन ढिलो गर्ने मकै पाकेछ हिटरमा मकै पोलेर खाँदा पनि हुन्छ जङगल बडेर गए पनि बाँदरले मकै हेर्न छोड्यो उसको त सडकमा नै बन रोटी पाक्छ भएन उसले लालबजारको फल र सब्जी पो ताक्छ।

मोसो!

कुकुरले मालिकको भान्सा चोरेर खायो, भानसा घरबाट कुकुर बाहिर निस्कन्दा मोसोसरि थियो यति नै बेला स्याल करायो.... कुकुर स्याल खेद्न जङगलतर्फ गयो, कुकुर फर्किएर  मालिकको घरमा आउदा भिजेर निथ्रुक्क भए पनि मोसो मेटिएको थियो म छक्क परे अनि आफैलाई सोध्न बाध्य भए, कराईको तेलसरीको मोसो र मानिसको मन भित्रको मोसो कुन गाडा हन्छ होला............ भनेर! सायद रीस, डाह, आह्रीस र लोभको रोग यही मोसोले पोतिएको हुन्छ यसैले मानिसलाई यो रोग लागेपछि  छुटारा पाउन ग्राहो पर्छ।

भन्नु केही छैन.......

हिजो तिम्रो पाखामा आगो लाग्दा , हाम्रो घर आँगन उज्यालो भयो । आज हाम्रो पाखामा पैह्रो गयो, तर तिम्रै मुहान नै धमिलो भयो। भुगोललाई सराप्छौ भने सराप, भन्नु नभन्नु भन आखिर नाता तोडेर टाडिने तिम्रो प्रवृति र स्वभावले हाम्रो सुखमा तिमि रिसाउने र तिम्रो दुखमा हामी खुशाउने परम्परा नै भाको छ, अरूले मङगलको निम्ति टिकट काटिसके तिमि हाम्रो अमङगल चिताउनमा नै व्यस्त छौ, भन्नु केही छैन.............।

विश्व पर्यावरण दिवस

 5 जुन विश्व पर्यावरण दिवस संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ।यसको शुरुवात सन् 1972 मा 5 जूनदेखि 16 जुनसम्म संयुक्त राष्ट्र महासभाद्वारा आयोजित विश्व वातावरण सम्मेलन बाट भएको हो। ।5 जुन सन् 1973  का दिन पहिलो विश्व  पर्यावरण दिवस मनाइएको थियो।विश्व पर्यावरण दिवस संयुक्त राष्ट्र द्वारा सकारात्मक पर्यावरण कार्य गर्नलाई विश्वभरि नै मनाइने उत्सव हो।पर्यावरण र जीवनको गनिष्ठ सम्बन्ध छ।पर्यावरण प्रदूषणको समस्यामा  सन् 1972 मा संयुक्त राष्ट्र सङघले स्टाकहोम (स्वीडन)मा  विश्व भरिका देशहरूको पहिलो  पर्यावरण सम्मेलन आयोजित गरिएको थियो । यसमा 119 देशहरूले भाग लिएका थिए र पहिलो पल्ट  पृथ्वीको एक सिद्धान्तलाई मान्य गरियो। यसै सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP) को  जन्म  भयो तथा प्रति वर्ष 5 जूनको दिन पर्यावरण दिवस आयोजित गरेर नागरिकहरूलाई प्रदूषणको समस्या बारे अवगत गराउने निश्चय गरियो। यसको मुख्य उद्देश्य पर्यावरण प्रति जागरूकता ल्याउदै  राजनीतिक चेतना जागृत गर्नु र आम जनतालाई प्रेरित गर्नु रहेको थ

बर्षमा दुइपल्ट छायाले साथ छोडने

बर्षमा दुइ पल्ट भनिन्छ छायाले कहिल्यै पनि साथ छोडदैन तर बर्षमा दुइ पल्ट यस्तो दिन आउछ जतिवेला केहि समयका लागि छायाले साथ छोडने गर्छ। गुजरातको  वडोदराबाट प्राप्त जानकारीका अनुसार छाया तब बन्ने गर्छ , जब प्रकाशका बीचमा कुनै वस्तु आउने गर्छ। यस्तो प्रकारले  सूर्यको प्रकाशबाट उत्पन्न भएको छाया  सूर्य पूर्वदेखि पश्चिमसम्म हिडदाखेरि पश्चिमदेखि पूर्वतर्फ झर्ने गर्छ। खगोलशास्त्री दिव्यदर्शन डा.पुरोहितका अनुसार , पृथ्वीदेखि 23.5 डिग्रीको झुकावका कारणले सूर्य 23.5 डिग्रीसम्म पुगेर फर्किआउछ।त्यस समय  विषुवृत्तदेखि कर्क वृत्तसम्म  सूर्य जादाँखेरिको समय र फर्किएर  कर्क वृत्तदेखि विषुवृत्तसम्म आएको समय वर्षमा दुइ पल्ट  ती दुवैका बीच आउने सबै वस्तुहरू अर्थात रूख , घर , गाड़ी सबैको छाया गायब हुन्छ तर  यो चम्तकार कर्कवृत्तदेखि माथि हुनेले देख्न सक्दैनन। दुइ र तीन जूनको दिन यो  स्थिति बनिन्छ।   पुरोहितअनुसार जब सूर्यको  देक्लिनेसन अर्थात आकाशीय ढलान हाम्रो  शहर या गाउँको लेटिट्युड अर्थात  अक्षांससित मेल खान्छ अनि  जब सूर्य शहरको  मध्यान्तर रेखामा आउछ तब  शहरको  साबै छाया दिउसो पुर्ण रूपमा गायब हुन

कार्यसंस्कृतिको निष्पादन आवश्यक

सिक्किमको विकास र प्रगतिका निम्ति धेरै दिनदेखि केही विषयमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्दैथियो, अनि यिनै आवश्यकता मध्ये एउटा विषय हो, सरकारी कार्यालयहरूमा कार्य संस्कारको विकास। सरकारी कार्यालयमा अधिकारी र कर्मचारीको अनियमित उपस्थितिले साधारण जनता कार्यालयमा गएर एकै दिनमा काम गरेर फर्किने विषय अझ पनि आकाशकै फल मानिन्छ्। यसै पनि शहरी क्षेत्रमा भएका कार्यालयमा ट्राफिकको समस्या देखाएर 12 बजेभन्दा अघि कार्यालयमा उपस्थित नहुने अनि आफुभन्दा माथिको अधिकारी नभए 3 बजे भन्दा अधिक समयसम्म पनि बस्न नसक्ने अधिकारी र कर्मचारीको संख्या पनि बढदो छ। मुख्यमन्त्री नहुँदा विभागीय प्रमुख नै कार्यालयमा नहुने अनि आज त बुढो छैन भनेर तल्लोदर्जाका कर्मचारीसम्म मेहे बिनाको दाई हुनाले सरकारी कार्यालयमा जनताको कति काम हुन्छ त्यो कल्पना गर्न सकिन्छ। केही दिन अघि पाकिम महकुमा कार्यालमा विहान 11 बजेसम्म पनि अधिकारी र कर्मचारी नभएको कुरा सोसियल मिडियामा आएको थियो।  सरकारी कार्यालयमा कार्य संस्कृति जनतामा खट्किएको विषय हो। एकातिर सिक्किमका कर्मचारीले देशका अन्य राज्यहरूको तुलनामा धेरै वेतन पाउँछन् भन्ने कु

देशका सबै नागरिक हवाई अड्डाहरूमा विमानहरूको ल्याण्डिङमा सहयोग गर्नका लागि सीएसआईआर र आईएमडीमा समझौता

सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) बंगलोर  र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) द्वारा विमानन सुरक्षाको  क्षेत्रमा  महत्‍वपूर्ण उप‍लब्धि हासिल गरिएको छ। दुवैले दृष्टि प्रणालीको संयुक्‍त उत्‍पादनका लागि भागीदारी समझौतामा  हस्‍ताक्षर गरेका छन। यो  कम दृष्‍यताको  स्थितिमा विमानलाई सुरक्षित उतरने र उड़ान भर्नका लागि  महत्‍वपूर्ण मार्गदर्शन हो , जसलाई रनवेको दृष्‍यता श्रेणीको मूल्‍याङकन गर्नका लागि  उन्‍नत उपकरण मानिन्छ।  यो अनुबन्ध प्रौद्यागिकी स्‍वदेशीकरण गर्नका लागि दुइ  सरकारी उपक्रमहरूमा सहयोगको अदान प्रदान गर्ने राम्रो उदाहरण हो। यसअघि यस प्रौद्योगिकीमा केही विकसित देशहरूको मात्र आधिपत्‍य थियो। यस परिष्‍कृत उपकरणको देशमा  उत्‍पादनले  विदेशी मुद्राको मात्र बचत ऩभएर देश उन्‍नत प्रौद्यगिकीको क्षेत्रमा पनि आत्‍मनिर्भर हुनेकुरा स्पष्ट भएको छ। यस समझौतामा  सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) का निदेशक डा. श्‍याम चेट्टी र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का महानिदेशक डा. एल. एस. राठौरले हस्‍ताक्षर गरेका छन।यस समझौतामा विभिन्‍न मौसम विज्ञान सं

प्रौद्योगिकी विकास बोर्डले राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो

भारत सरकारको  विज्ञान एवं  प्रौद्योगिकी मंत्रालयको  वैधानिक इकाई प्रौद्योगिकी विकास बोर्डले 11 मईको दिन नयाँ दिल्लीमा  राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो। विज्ञान एवं  प्रौदयोगिकी विभागका सचिव प्रोफेसर के.विजय राघवनले  समारोहको   अध्यक्षता गरेका थिए। यसमा  प्रोफेसर अशोक झुझुनवालाले  मुख्य अतिथिका रूपमा  विज्ञान एवं  नवोन्मेषी विषयमा  प्रमुख भाषण दिएका थिए।  उनले आफ्नो सम्बोधनमा  नवोन्मेषी र प्रौद्योगिकीको महत्वमा  जोर दिदै यसबाट केवल मानिसको समस्याहरूको हल मात्र ऩभएर  असमानता दूर गर्न अझ धेरै  अवसर प्रदान गर्नुमा सहयोग प्राप्त हुनेछ भने।उनले भने  एटीएम मशीनहरू , मोबाइल फोन र एप्सले मानिसको जीवनमा ठुलो परिवर्तन ल्याएको छ।प्रोफेसर झुझुनवालाले जोर दिदै भने  नवोन्मेष र प्रौद्योगिकीले ठुलोभन्दा ठुलो समस्याको समाधान निकाल्न सक्छ।उनले  शिक्षा र बिजुलीको  कमीका मुद्दाहरूको उल्लेख गर्दै भने प्रौद्योगिकी र नवीनताबाट सबै  शिक्षाको स्तरमा सुधार ल्याउन सकिन्छ। उनले भने  घरमा  डीसी पावर बाहेक  लाइन प्रदान गर्न , एलईडी बल्बको उपयोग र डीसी पावरबाट चल्ने पंखा र उपकरणहरूबाट  बिजुलीको कमी दूर